Nepapana
निर्वाचित महावीर पुन फेरि किताब बिक्रीमा, आज पोखराका तीन स्थानमा आत्मकथा बेच्ने
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वैज्ञानिक तथा अभियन्ता महावीर पुनले फेरि आफ्नो आत्मकथात्मक पुस्तक बिक्री अभियान सुरु गर्ने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले पोखराका विभिन्न स्थानमा पुस्तक बिक्री गर्ने कार्यक्रम तय गरिएको बताएका छन्। उनका अनुसार बिहान १० बजेदेखि अमरसिंह चोकमा पुस्तक बिक्री सुरु गरिनेछ। त्यसपछि दिउँसो १ बजेदेखि पृथ्वीचोकमा र बेलुका ४ बजेपछि महेन्द्रपुल क्षेत्रमा पुस्तक उपलब्ध गराइनेछ।

पुनका अनुसार चुनावी अभियानका क्रममा नै पुस्तक बिक्री गर्ने उद्देश्यले पुस्तकहरू साथमा लगिएको थियो। तर निर्वाचन आयोगको नियमका कारण निर्वाचन अवधिमा पुस्तक बिक्री गर्न अनुमति नपाएपछि त्यो योजना कार्यान्वयन हुन सकेन।

उनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा रहे पनि विभिन्न कार्यका लागि आर्थिक स्रोत आवश्यक हुने भएकाले पुस्तक बिक्रीलाई निरन्तरता दिने बताएका छन्।
Mahabir Pun selling autobiography book in Pokhara

झापा–५ बाट बालेन शाहको ऐतिहासिक विजय : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतले पराजित
बालेन शाहले जित पछि प्रमाण पत्र लिँदै ।
झापा–५ बाट बालेन शाहको ऐतिहासिक विजय : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतले पराजित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा ऐतिहासिक जित हासिल गरेका छन्। उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन्। यसरी शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ मा ठूलो राजनीतिक उलटफेर गरेका हुन् ।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकामा १ लाख ६ हजार ५६८ मत खसेको थियो।

यस नतिजालाई विश्लेषकहरूले नेपाली राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति मतदाताको आकर्षण तथा राजनीतिक परिवर्तनको संकेत का रूपमा व्याख्या गरेका छन्।

रुकुम पूर्वमा प्रचण्डको जित:

पुष्प कमल दाहाल प्रचण्ड
रुकुम पूर्वमा प्रचण्डको  विजय सुनिश्चित 

रुकुम पूर्वमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उल्लेखनीय अग्रता कायम गरेका छन्। हालसम्म गणना गरिएको १५ हजार ८२३ मत मध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दै स्पष्ट रूपमा अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिस्पर्धी लिलामणि गौतम ले हालसम्म ३ हजार १७ मत मात्रै प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीचको मतान्तर ५ हजार ४६० पुगेको छ।यस क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको निर्वाचन आयोगले जनाएको छ। अहिले पनि करिब ३ हजार ३६५ मत गणना हुन बाँकी रहे पनि हालको मतान्तरका कारण प्रचण्डको जित लगभग सुनिश्चित भएको देखिन्छ।

यद्यपि, मतगणना पूर्ण रूपमा सकिएपछि मात्र आधिकारिक नतिजा घोषणा गरिने बताइएको छ।

ओली र बालेन को भिडन्तमा बालेन दोब्बरले अगाडी
झापा–५ मा जारी मतगणना क्रममा बालेन शाह अगाडि”
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह अग्रस्थानमा देखिएका छन्।

हालसम्मको मतपरिणाम अनुसार शाहले १० हजार १९० मत प्राप्त गरेका छन्, जुन उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओली ले प्राप्त गरेको मतभन्दा दोब्बरभन्दा बढी हो।
ओलीले हालसम्म ४ हजार ८७ मत पाएका छन्।

झापा–५ मा मतगणना अझै जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्। अन्तिम परिणाम आउन भने केही समय लाग्ने अपेक्षा गरिएको छ।

रोल्पामा १०६ वर्षीया बृद्धा पुनी घर्तीनीद्वारा मतदान
Source -facebook
रोल्पामा १०६ वर्षीया बृद्धा पुनी घर्तीनीद्वारा मतदान 

रोल्पा — थबाङ गाउँपालिका वडा नम्बर १ गोबाङकी १०६ वर्षीया बृद्धा पुनी घर्तीनी ले मतदान गर्नुभएको छ।

नागरिकतामा उल्लेख भएअनुसार पुनी घर्तीनीको जन्म वि.सं. १९८५ साल चैत ५ गते भएको छ।
अत्यन्तै वृद्ध उमेर हुँदाहुँदै पनि उहाँ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको स्थानीयवासीले बताएका छन्।

लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाउँदै उहाँले मतदान गर्नुभएको दृश्यले स्थानीय बासिन्दा मात्र नभई धेरैलाई प्रेरणा दिएको छ।उहाँको यो कदमले ज्येष्ठ नागरिकहरू पनि लोकतन्त्रप्रति कति सचेत र जिम्मेवार छन् भन्ने सन्देश दिएको स्थानीयको भनाइ छ।

मौन अवधिमा अन्तर्वार्ता सार्वजनिक गरेपछि युट्युबर रतन कार्की पक्राउ
रतन कार्की
रतन
मौन अवधिमा अन्तर्वार्ता सार्वजनिक गरेपछि युट्युबर रतन कार्की नियन्त्रणमाचितवन | 

प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार दिउँसो उनलाई चितवनबाट नियन्त्रणमा लिएको जानकारी केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले दिएका छन्।

प्रहरीका अनुसार सोमबार राति १२ बजेदेखि लागू भएको मौन अवधिका बीच कार्कीले एक राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने प्रावधान रहेकाले उक्त सामग्री आचारसंहिताविपरीत भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।निर्वाचन अवधिमा लागू हुने नियम तथा आचारसंहिता पालना गर्न सम्बन्धित सबै पक्षलाई प्रहरी प्रशासनले आग्रह गरेको छ।
ratan-karki-arrested-election-code-violation