Nepapana
रुकुम पूर्वमा प्रचण्डको जित:

पुष्प कमल दाहाल प्रचण्ड
रुकुम पूर्वमा प्रचण्डको  विजय सुनिश्चित 

रुकुम पूर्वमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उल्लेखनीय अग्रता कायम गरेका छन्। हालसम्म गणना गरिएको १५ हजार ८२३ मत मध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गर्दै स्पष्ट रूपमा अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिस्पर्धी लिलामणि गौतम ले हालसम्म ३ हजार १७ मत मात्रै प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीचको मतान्तर ५ हजार ४६० पुगेको छ।यस क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको निर्वाचन आयोगले जनाएको छ। अहिले पनि करिब ३ हजार ३६५ मत गणना हुन बाँकी रहे पनि हालको मतान्तरका कारण प्रचण्डको जित लगभग सुनिश्चित भएको देखिन्छ।

यद्यपि, मतगणना पूर्ण रूपमा सकिएपछि मात्र आधिकारिक नतिजा घोषणा गरिने बताइएको छ।