Nepapana
रोल्पामा १०६ वर्षीया बृद्धा पुनी घर्तीनीद्वारा मतदान
Source -facebook
रोल्पामा १०६ वर्षीया बृद्धा पुनी घर्तीनीद्वारा मतदान 

रोल्पा — थबाङ गाउँपालिका वडा नम्बर १ गोबाङकी १०६ वर्षीया बृद्धा पुनी घर्तीनी ले मतदान गर्नुभएको छ।

नागरिकतामा उल्लेख भएअनुसार पुनी घर्तीनीको जन्म वि.सं. १९८५ साल चैत ५ गते भएको छ।
अत्यन्तै वृद्ध उमेर हुँदाहुँदै पनि उहाँ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको स्थानीयवासीले बताएका छन्।

लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाउँदै उहाँले मतदान गर्नुभएको दृश्यले स्थानीय बासिन्दा मात्र नभई धेरैलाई प्रेरणा दिएको छ।उहाँको यो कदमले ज्येष्ठ नागरिकहरू पनि लोकतन्त्रप्रति कति सचेत र जिम्मेवार छन् भन्ने सन्देश दिएको स्थानीयको भनाइ छ।

मौन अवधिमा अन्तर्वार्ता सार्वजनिक गरेपछि युट्युबर रतन कार्की पक्राउ
रतन कार्की
रतन
मौन अवधिमा अन्तर्वार्ता सार्वजनिक गरेपछि युट्युबर रतन कार्की नियन्त्रणमाचितवन | 

प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार दिउँसो उनलाई चितवनबाट नियन्त्रणमा लिएको जानकारी केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले दिएका छन्।

प्रहरीका अनुसार सोमबार राति १२ बजेदेखि लागू भएको मौन अवधिका बीच कार्कीले एक राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने प्रावधान रहेकाले उक्त सामग्री आचारसंहिताविपरीत भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।निर्वाचन अवधिमा लागू हुने नियम तथा आचारसंहिता पालना गर्न सम्बन्धित सबै पक्षलाई प्रहरी प्रशासनले आग्रह गरेको छ।
ratan-karki-arrested-election-code-violation