Nepapana
निर्वाचित महावीर पुन फेरि किताब बिक्रीमा, आज पोखराका तीन स्थानमा आत्मकथा बेच्ने
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वैज्ञानिक तथा अभियन्ता महावीर पुनले फेरि आफ्नो आत्मकथात्मक पुस्तक बिक्री अभियान सुरु गर्ने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले पोखराका विभिन्न स्थानमा पुस्तक बिक्री गर्ने कार्यक्रम तय गरिएको बताएका छन्। उनका अनुसार बिहान १० बजेदेखि अमरसिंह चोकमा पुस्तक बिक्री सुरु गरिनेछ। त्यसपछि दिउँसो १ बजेदेखि पृथ्वीचोकमा र बेलुका ४ बजेपछि महेन्द्रपुल क्षेत्रमा पुस्तक उपलब्ध गराइनेछ।

पुनका अनुसार चुनावी अभियानका क्रममा नै पुस्तक बिक्री गर्ने उद्देश्यले पुस्तकहरू साथमा लगिएको थियो। तर निर्वाचन आयोगको नियमका कारण निर्वाचन अवधिमा पुस्तक बिक्री गर्न अनुमति नपाएपछि त्यो योजना कार्यान्वयन हुन सकेन।

उनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा रहे पनि विभिन्न कार्यका लागि आर्थिक स्रोत आवश्यक हुने भएकाले पुस्तक बिक्रीलाई निरन्तरता दिने बताएका छन्।
Mahabir Pun selling autobiography book in Pokhara

Leave a Reply

Your email address will not be published. Required fields are marked *